वीरेन्द्रनगर — सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–५ घर भई वडा नं. ८ मा ‘बिसाउने चौतारी क्याफे’ सञ्चालन गर्दै आएका २८ वर्षीय हिमाल आले, वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीका २६ वर्षीय सरोज ढकाल र वीरेन्द्रनगर–१ का ४७ वर्षीय प्रेम गुरुङ रहेका छन्।

गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा आलेलाई शंकास्पद अवस्थामा फेला पारेपछि उनको शरीर र सञ्चालन गरेको क्याफेमा खानतलासी गरिएको थियो। उक्त क्रममा होटलको शौचालयको भेन्टिलेशनमा लुकाइ राखिएको ११ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय