काठमाडौं । प्रहरी वृत्त गौशाला र ग्लोबल कलेजमा लुटपाट तथा आगजनीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर बेलौरी घर भई हाल टोखामा बस्दै आएका २७ वर्षीय भुवन शाहीलाई प्रहरी वृत्त बानेश्वरले सोमबार पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा शाहीले गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त गौशाला र ग्लोबल कलेजमा लुटपाट गरेको स्वीकारेका छन्। उनको साथबाट मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजबाट लुटिएको ट्रफी र मेमोरियललगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय