
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप खाता ह्याक भएको छ। ह्याकरहरूले उक्त खाताको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र अनावश्यक सन्देश पठाउने कार्य गरेको पाइएको छ।
सुनसरी प्रहरी कार्यालयका अनुसार २०८२ असोज २४ गते राति करिब ८ बजेर ४५ मिनेटमा कार्यालय प्रमुखले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप खाता ह्याक भएको हो।

कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार ह्याक गरिएको ह्वाट्सएपबाट पठाइएका कुनै पनि सन्देशमा विश्वास नगर्न र कसैले पैसा मागेमा नदिन सबैलाई विशेष अनुरोध गरिएको छ।
प्रहरीले उक्त खाताको दुरुपयोगबारे आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।



