काठमाडौं : काठमाडौंबाट लुटिएको प्रहरीकोपेस्तोलसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका का २३ वर्षीय आकाश शाहीलाई प्रहरीले टाइप५४ लेखिएको चिनियाँ पेस्तोलसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीका अनुसार, शाही पक्राउ पर्दा लागुऔषध सेवन गरेर नशामा लठ्ठिएकाअवस्थामा थिए। शाहीविरुद्ध यसअघि पनि लागुऔषधको मुद्दा दर्ता गरिएको मोटरसाइकल चोरीजस्ता अन्य अपराधसम्बन्धी मुद्दा पनिदर्ता भएको प्रहरीको रेकर्डमा छ।

गत सोमबार राति आफ्नै गाउँका युवासँग झगडा हातपात गरेको कारण पीडितले इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी दिएका थिए।त्यसपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा, प्रहरी टोलीले शाहीको घरमा तलासी गर्दै एक पुरानो बिग्रिएको सोलार पाताभित्र लुकेको प्रहरीको टाइप५४ पेस्तोलफेला पारेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, उक्त पेस्तोल २०७९ सालको भदौ २४ गते कोटेश्वर क्षेत्रमा भएको जेनजी आन्दोलनकोक्रममा प्रहरीबाट लुटिएको खुलासा भएको छ।

प्रहरीले भनेका छन् कि, पेस्तोलको लुटपाट अपराधको सन्दर्भमा थप अनुसन्धान जारी राखिएको शाहीसँग सम्बन्धित अन्य आपराधिकगतिविधिहरूको परताल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय