चितवन, असोज २१ दसैँ पर्वपछि काठमाडौं फर्किन लागेका यात्रुसँग सवारी चालकले चर्को भाडा असुल्न थालेको गुनासो बढेपछि चितवन प्रशासनलेअनुगमन तीव्र बनाएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको नेतृत्वमा गरिएको अनुगमन टोलीले भाडा बढी लिने चालक तथासवारीधनीहरूमाथि कारबाही गरेको छ।

सुरक्षा निकायका प्रमुखहरू सहभागी टोलीले नारायणगढको पुलचोक, पोखरा बसपार्क आँपटारी क्षेत्रमा जाँच गरेको हो। जिल्ला ट्राफिक प्रहरी प्रमुख, निरीक्षक गायत्री शर्माका अनुसार, बढी भाडा लिने जनालाई नियन्त्रणमा लिइएको भने २५ वटा माइक्रोबसहरूले उठाएको अतिरिक्त भाडा यात्रुलाई फिर्तागराइएको छ।

अनुगमनमा देखिएका मुख्य सुरक्षाजन्य पक्षहरू:

.बिना चलानी यात्रु बोक्ने सवारीसाधन

.भाडा काट्ने बिलमा कम रकम देखाई बढी असुल गर्ने ठगी प्रवृत्ति

.यात्री ठगिन सक्ने सम्भावनालाई हटाउने तदारुकता

प्रमुख जिल्ला अधिकारी अर्यालले अनियमितता गर्नेहरूलाई जरिवाना, सचेतना, नियन्त्रण कालोबजारी ऐनअन्तर्गत कारबाहीसम्मको प्रक्रिया अघि बढाइएकोजानकारी दिए।

दसैँ सकिएपछि काठमाडौँ फर्किने यात्रुको चापसँगै सुरक्षाको दृष्टिकोणले अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय