काठमाडौं – प्रहरीले फेरि सानुभाइ नामले चिनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। उनी टोखास्थित आफ्नै घरबाट पक्राउ परेका हुन्, जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।

एसपी भट्टराईका अनुसार, सानुभाइले कसैलाई धम्की दिएको आरोप छ। तर, उनले धम्की कसलाई र के भनेर दिएको भन्ने बारेमा विस्तृत जानकारी दिएका छैनन्।

सानुभाइ नुवाकोट घर भएका हुन् र गुण्डागर्दी सम्बन्धी घटनामा पटक–पटक पक्राउ परिसकेका छन्। यसअघि साउन १५ गते ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।

त्यसैगरी, २०८० माघ ६ गते ठमेलको एक क्लबको पार्किङमा उनका समूहले एक पुरुषमाथि कुटपिट गरेको घटना पनि भएको थियो। त्यही वर्ष असारमा पनि उनी कुटपिटमा संलग्न भएर पक्राउ परेका थिए र पछि धरौटी बुझाएर छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय