Product images created and edited by the company: Surakshya Sarokar
Contact email: [email protected]
© 2017 Surakshya Sarokar. All Rights Reserved
Không có mô tả ảnh.

सुरक्षा सरोकार— काठमाडौं उपत्यकामा पर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको दिनै भक्तपुरमा दुई प्रहरीमाथि सांघातिक हमला भएको छ।

भक्तपुरस्थित प्रहरी प्रभाव कटुन्जेका असई राजन बनमाला र प्रहरी जवान राजबहादुर ऐर गत असोज ६ गते आक्रमणमा परेका हुन्। घटनामा असई बनमालाको हात र ढाडमा गम्भीर चोट लाग्दा प्रहरी जवान ऐरको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको अहिले महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार औषधि पसलमा झगडा भएपछि प्रहरीलाई खबर गरिएको र घटनास्थल पुगेका सुरक्षाकर्मीमाथि आक्रमण गरिएको हो।

प्रहरीले घटनामा संलग्न धादिङका अरुण बिक, बलराम बिक र कुमार बिकलाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेको र उनीहरूको खोजी भइरहेको जनाएको छ।

एआइजी कार्कीले भन्नुभयो, “नागरिकले गरेको यस्तो त्याग हाम्रो लागि केवल कृतज्ञतामा सीमित हुने कुरा होइन। यसले प्रहरीलाई आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार, अझ कर्मठ र अझ खरो भएर सेवाभावमा खटिन प्रेरित गरेको छ। यो हाम्रो आत्मालाई जागृत गर्ने ऊर्जाको स्रोत हो।”

उहाँले प्रहरी कर्मचारीहरूलाई पनि यही भावना आत्मसात् गर्न आह्वान गर्दै थपे, “अब हाम्रो जिम्मेवारी अझ बढेको छ। अनुशासन, आत्मसमर्पण र सेवाभावलाई आत्मसात् गरेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, न्याय र नागरिक हितका लागि प्रहरी कर्मचारीहरू उदात्त भावले खटिनुहुनेछ भन्नेमा विश्वास लिएको छु।”

एआइजी कार्कीले नागरिकको योगदान केवल संरचना निर्माणका लागि नभई प्रहरी–नागरिक सम्बन्धलाई अझ बलियो बनाउन मार्गदर्शक शक्ति बनेको उल्लेख गरे। उहाँले भने, “नागरिकको माया हाम्रो ढाल हो, विश्वास हाम्रो शक्ति हो। यही प्रेरणाले हामीलाई सत्कर्ममा अडिग रहन र राष्ट्र सेवामा अविचलित भएर अघि बढ्न सदा उत्साहित बनाइरहन्छ।”

सुरक्षा सरोकार । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकले प्रहरीप्रति प्रकट गरेको असाधारण समर्थन र समर्पणलाई “इतिहासमै अभूतपूर्व” भन्दै यसलाई प्रहरी संगठनका लागि प्रेरणाको महान् स्रोत भएको बताएका छन्।

उहाँका अनुसार नागरिकहरूले आफ्ना निजी घर र जग्गा त्यागेर प्रहरी भवन निर्माणमा देखाएको सक्रिय सहभागिता केवल इँटा–ढुंगाको सहयोग मात्र नभई प्रहरीप्रति व्यक्त गरिएको गहिरो विश्वास र निस्वार्थ मायाको प्रतिविम्ब हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय