
रुकुम – कारागार कार्यालय रुकुम पश्चिमबाट फरार कर्तव्य ज्यानका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। भद्र २३ र २४ गते जेनजीआन्दोलनको क्रममा देशका विभिन्न कारागार, बाल सुधार गृह र प्रहरी कार्यालयबाट फरार भएका कैदीमध्ये रुकुम पश्चिमको कारागारबाट फरार भएका चन्द्र बहादुर बुढा (३६) लाई जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले पक्राउ गरेको हो।
चन्द्र बहादुर बुढा भूमे गाउँपालिका वडा नं. ०५, सेराबाङ बस्ने व्यक्ति हुन् र रुकुमकोट जिल्ला अदालतले उनलाई २५ वर्ष कैदको सजाय सुनाएको थियो। प्रहरी अप्रेशन टोलीले भद्र ५ गते रात करिब ८:३० बजे उनलाई सोही स्थानबाट फेला पार्दै कानून बमोजिम पक्राउ गरी बाँकी कैद सजाय भुक्तानको लागि कारागार कार्यालय रुकुम पश्चिम पठाएको छ।

प्रहरी प्रवक्ता प्रहरी न्रिक्षक गोपाल न्यौपानेका अनुसार, फरार कैदीको खोजतलास र पक्राउमा विशेष टोली परिचालित थियो।



