
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी रहेका छन्।
भदौ २४ गते उच्छृङ्खल समूहको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दका अनुसार हत्यामा संलग्न क्यापछाकीलाई असोज ४ गते पक्राउ गरी अनुसन्धान थालिएको छ।

अदालतले क्यापछाकीमाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद पाएको छ। प्रहरीले बताएको अनुसार, सोही समूहले प्रहरीको हत्यापछि वृत्तमा आगजनीसमेत गरेका थिए।



