
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोकमा एक महिलामाथि हतियार प्रहार भएको छ। आफ्नै घरमा खाना खाइरहेकी बेला सीतादेवी पन्तमाथि अज्ञात कारणले प्रहार गरिएको हो।
प्रहारबाट घाइते पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनी हाल अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। आक्रमणको कारणबारे आफू अनविज्ञ रहेको पीडित पन्तले प्रहरीलाई बताएकी छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



