विराटनगर, भदौ १६ । सुनसरी र झापाबाट लागूऔषध ‘ब्राउन सुगर’ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १५ गते विशेष सूचनाका आधारमा सुनसरीको रामधुनी नगरपालिका–५ का ३० वर्षीय सागर राईलाई नियन्त्रणमा लिइएको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको टोलीले राईलाई उनकी दिदीको घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । चेकजाँच गर्दा उनको साथबाट १०५ ग्राम ५६ मिलिग्राम ‘ब्राउन सुगर’ बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी हिजो झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय शिव श्रेष्ठलाई १ ग्राम १०० मिलिग्राम ‘ब्राउन सुगर’ सहित पक्राउ गरेको हो ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय