काठमाडौँ । प्रहरी प्रभाग नयाँ बसपार्कले करिब ७ लाख रुपैयाँ मूल्य बराबरको चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२४ मा अवस्थित केरोन ट्रेडिङ प्रा.लि. को ठैबस्टिस्ट, ललितपुरस्थित गोदामबाट चोरी भएका सामान काजी टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटमा लुकाइ राखिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा जिल्ला कास्की मादी गाउँपालिका–१ स्थायी घर भई हाल टोखामा बस्दै आएका ४८ वर्षीय नवीन (नव बहादुर) गुरुङ लाई उनको टोखास्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको कोठामा खानतलासी गर्दा विभिन्न ब्रान्डका इलेक्ट्रोनिक सामग्री तथा गृहउपयोगी उपकरणहरू बरामद गरिएको प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सरण विक्रम शाह ले जानकारी दिनुभयो। बरामद सामग्रीहरूको बजार मूल्य करिब ७ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ।

पक्राउ परेका गुरुङलाई चोरीका सामानसहित आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय