हेटौँडा । मकवानपुरको रातोमाटे चेकप्वाइन्टमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा मकवानपुरको मनहरीबाट बाराको जीतपुर सिमरा जाँदै गरेको बा२१च ३०८५ नम्बरको योद्धा पिकअप गाडीमा गाँजा फेला परेको हो।

धादिङ, गल्दी–८ का ३१ वर्षीय राम बहादुर तामाङ सवार गाडी चेकजाँच गर्ने क्रममा लुकाइछिपाई ल्याइएको ११ पोका गाँजा बरामद भएको हो। पोका अनुसार कुल १२५ किलो गाँजा भएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय