कोहलपुर — बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ नयाँ बसपार्क क्षेत्रमा प्रहरीले विशेष चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, २०८२ साउन ३० गते राति करिब ११ बजे कालिकोट, खाँडाचक्र नगरपालिका–५ का २६ वर्षीय नवीन शाहीलाई शंकास्पद अवस्थामा रोकी तलासी गर्दा उनको लेदरको ब्यागभित्र लुकाइ–छिपाई राखिएको ब्राउन सुगर फेला परेको हो।

प्रहरीले शाहीसँगबाट २४ ग्राम ३४० मिलिग्राम (शुद्ध तौल २२ ग्राम ०३ मिलिग्राम) ब्राउन सुगर बरामद गरेको जनाएको छ। साथै, उनको साथबाट iPad १ थान, क्यानन क्यामेरा १ थान र मोबाइल फोन २ थान समेत बरामद गरिएको छ।

शाहीलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय