
काठमाडौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुले टोखा नगरपालिका–९ बाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ चमती बस्ने २९ वर्षीय शिवराज दराइलाई पक्राउ गरेको हो।
शुक्रबार दराइको चमतीस्थित डेरामा शंका लागि खानतलासी गर्दा एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र सात थान ७.६५ एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ। बरामदपछि खोजतलासी गर्दा दराइ टोखाबाट पक्राउ परेका हुन्।

पक्राउ परेका दराइविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ। साथै, उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र व्यवहार मुद्दा र २०८० कार्तिक १९ गते लागुऔषध मुद्दा समेत चलेको खुलेको प्रहरीले जनाएको छ।



