काठमाडौं । काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, प्रहरी प्रभाग बसपार्कका प्रमुख प्रहरी निरिक्षक शरण विक्रम शाहको टोलिले आज दिउँसो १:३० बजे उक्त गेष्ट हाउसमा छापा मारेर जुवा खेलिरहेका ६ जनालाई नगद १ लाख २३ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर–५ का ४२ वर्षीय सूर्य लामा, नुवाकोट ककनी–६ का ३५ वर्षीय दिपेश लामा, काभ्रे खानीखोला–६ का ४१ वर्षीय रेशम लामा, शेषमती बस्ने ६१ वर्षीय मंगलबहादुर लामा, मनमैजु बस्ने ४० वर्षीय देवेन्द्र लामा र लोलाङ बस्ने ४५ वर्षीय बुद्ध लामा रहेका छन्।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय