नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी नगद र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति नेपालगन्ज–१४ उदयपुरका २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गर्दा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ नगद र उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिनुभयो।

बाँके प्रहरीले लोनियाको घरबाट सुन–चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल फोन पनि बरामद गरेको जनाएको छ। साथै, उक्त घटनामा संलग्न रहेको आरोपमा थप ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी पातलीले बताए।

पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुरलगायतका मुद्दामा थप अनुसन्धान भइरहेको र अन्य ४ जनासँग प्रारम्भिक सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय