
काठमाडौं — प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुलसहित एक युवा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन्। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मिति २०८२ साउन १५ गते साँझ करिब ७ बजे काठमाडौं महानगरपालिका–३२, महादेवस्थानस्थित दीपिका स्कुल नजिकको सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति दोलखाको कालिन्चोक गाउँपालिका–७ स्थायी घर भई हाल कोटेश्वर बसोबास गर्दै आएका २१ वर्षीय रविन्द्र दैनवाल रहेका छन्। प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुल फेला पारेको प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिनु भयो।
उक्त लागुऔषधको विषयमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि दैनवाललाई बानेश्वर वृत्त पठाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकामा लागुऔषध ओसारपसार र सेवनमा संलग्नलाई नियन्त्रणमा लिन निगरानी र चेकजाँच तीव्र पारेको जनाएको छ।



