
काठमाडौं — वैदेशिक रोजगारीको प्रलोभन देखाई युरोपेली देश अल्वानिया पठाइदिन्छु भन्दै भारतको दिल्लीमा बस्ने निमा लामा भन्ने निमा वंगेल पाखरिन नामक व्यक्तिले एक नेपाली नागरिकसँग झण्डै ४ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।
पीडितका सुस्मा महत्तोका अनुसार, एक वर्षअघि ‘निमा लामा’ नाम गरेका व्यक्तिले उनलाई फेक भिसा बनाइदिएर अल्वानिया पठाउने आश्वासन दिएका थिए। सोही बहानामा पटक–पटक गरी करिब ४ लाख रुपैयाँ उठाइएको थियो। तर लामो समयसम्म भिसा नआएपछि पीडितले पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिइएको बताइएको छ।

जब पीडितले मिडिया तथा प्रहरीमा जाने चेतावनी दिए, ठग रामले उल्टै “पुलिस र मिडियाले मेरो केही गर्न सक्दैन” भन्दै अभद्र व्यवहार र निरन्तर धम्की दिएको पीडितले बताएका छन्।
पीडितले अहिले आफ्नो सुरक्षाका साथै आर्थिक न्यायका लागि प्रहरी प्रशासन र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। ठग ‘निमा लामा’ हाल फरार छन् भने पीडितले यस विषयमा अनुसन्धान गरी कडा कारबाहीको माग गरेका छन्।
यस विषयमा हामीले लामासँग सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन र पीडित सुषमाले दिएको प्रमाणका आधारमा हामीले यो न्युज तयार पारेका हौं ।
यस घटनाले वैदेशिक रोजगारीको नाममा हुने ठगी र त्यसपछि पीडितमाथि हुने मानसिक तथा शारीरिक दबाबप्रति राज्य संयन्त्रको गम्भीर ध्यान जानु आवश्यक देखिन्छ।



