—शंसाक रेग्मी
मानब अधिकारको प्रादुर्भाव बास्तबमा हुँदा खाने र हुने खाने वर्ग बीचको वर्ग संघर्षको उपज हो। हुने खाने सामन्ती वर्गले आफु कहिले पनि कमजोर नहुने , आफु सर्वेसर्वा भै आफ्नो हुकुमत , आफ्नो साम्राज्य कायम रहने अरुको अधिकार छैन भन्ने ठानी थिचोमिचोको चरम स्थिति भएपछि संघर्ष भयो जस बाट अनौपचारिक रुपमा नै सहि सबैको सम्मान स्थापित हुन पुग्यो। त्यो बेला पशु सरह व्यवहार हुने व्यक्ति आज मानिसलाई चाहिने आधारभूत सुबिधा सहित बच्न पाउनु त्यो संघर्षको परिणाम थियो। मानब अधिकारको पनि समयको बहाब संगै पुस्तागत बिकाश भएका छ जस मध्ये नागरिक तथा राजनीतिक अधिकार प्रथ्म पुस्ताका अधिकार हुन्। हाल स्वइच्छा अनुकुल निर्णय लिनु , लिङ्ग परिबर्तन गर्नु lgbtqa का बिषय मानब अधिकारको पर्यायवाचीको रुपमा पश्चिमा देशका नागरिकले हेर्न थालेका छन्। तर प्रथ्म , दोस्रो र तेस्रो पुस्ताको मानब अधिकारका बिषय बस्तुमा ध्यान नै नदि यस्ता बिषयमा ध्यान दिइ राख्नु मानब अधिकारको मजाक हो र एका तर्फ मानब अधिकार मुद्दा आफ्नो राजनीतिक हितानुकुल ब्याख्या गर्न तत्पर मानिसको पनि जमात बढ्दो छ
प्रथम पुस्ताको मानब अधिकार – नागरिक तथा राजनीतिक
दोस्रो – आर्थिक सामाजिक संस्कृतिक
तेस्रो – शान्ति , बिकाश र बाताबरण
चौथो – स्वनिर्णय ( गर्भपतन , लिङ्ग फेर्ने आदि )
प्रमुख समसामयिक बहस
case 1
नागरिकलाई मुख्य अधिकारहरु प्राप्त गर्न नसकेको परिदृश्यमा मानब अधिकारको बिषयमा समेत राजनीतिकरण हुने गरेको छ . बाटो राम्रो छैन , उचित स्वस्थ , शिक्षा छैन तर दोर्दी लम्जुङ्गका पुरुष र पुरुष ( परिबर्तित महिलामा ) जोडी बिबाह मान्यता दिलाउन ngo / ingo लाई कत्रो चटारो थियो। हाम्रो आफ्नो मानब अधिकारको बिषयको उसूल /सिद्धांत बाहिर अर्थात् अन्तराष्ट्रीय सन्धिका सिद्धांत मार्फत मार्गप्रशस्त हुने हो न कि बाहिरी बिदेशी तत्व मार्फत
case 2
रबि लामिछानेलाई सुत्न नदिएको मानब अधिकार उल्लङ्घन ??
यो बिषयलाई लिएर जुन तबरले राष्ट्रिय स्वतन्त्र पार्टीका एक पक्षले बिषय उठान गरे त्यो राजनीतिक स्वार्थ सिद्ध गर्न मानबअधिकारको ठुलो अपब्याख्या थियो भन्दा अतिशयोक्ति नहोला। शान्ति सुरक्षाको लागि रातमा परिवारलाई सूचना नदिकन लानु मानब अधिकार हनन भयो भन्ने हरुले अगुवा गरेमा मात्र मानब अधिकार हनन हुने हो न्यायिक हिरासतमा राखेको पुष्ट्याई भैसक्दा रबि जी लाई सुरक्षा चुनौती बिश्लेषण गरेर रातमा लैजानु मानब अधिकार हनन होइन भन्ने नबुजेको हो कि बुजेर पनि नबुजेको जस्तो गरेको हो
म सबैको सम्मान गर्छु मेरो भनाई यति हो कि मुख्य बिषय बस्तुलाई माथि राखौ अन्य बिषयको आफ्नो महत्व छ तर सबै नागरिक संग जोडिएको बिषय शिघ्र सम्बोधन हुनु पर्दछ र मानब अधिकार जस्तो संबेदनशील बिषयको राजनीतिकरण गर्नु हुदैन
ध्यान दिनु पर्ने बिषय
– स्वस्थ पूर्वाधार , बाटो , शिक्षा
– धुवा धुलो र ध्वनि प्रदुषण रहित बाताबरण
– संस्कृतिक , धार्मिक सहिष्णुता
– – मर्यादित रोजगारी
– खाद्य सुरक्षा र सम्प्रभुता
– दमनबाट मुक्त नागरिक
अन्त्यमा ,
• सबैलाई मर्यादित जीवन जिउने बाताबरण बनाई राज्यप्रति अपनत्वभाव कायम गर्न मानब अधिकार महत्वपूर्ण छ। अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएर मात्र मानब अधिकार सुनिश्चित नहुने हुदा मौलिक हकमा उल्लेखित बिषय बस्तु कार्यन्वयन गर्न राज्यले सच्चा प्रयत्न गर्नु पर्दछ।