हिजो मात्र अवकाश प्राप्त काबिल अफिसर गणेश रेग्मीले फेसबुकमा लामो लेख लेख्नु भएको थियो , त्यसलाई समर्थन गर्दै – भर्खरै अवकाश प्राप्त एसपी राजेन्द्र रेग्मी थप लेख्नु हुन्छ—

प्रिय गणेश सर जय नेपालको न्यानो अभिबादन।

हजुरको लेखले सम्रग मानिसहरुमा पुर्ण रुपमा उर्जा भरेको मान्दै केही कुराहरु थप्ने बिचार  गरेको छु।

गफ भाषणमा नैतिकता शुद्ध राजनीतिको चर्को कुरा गर्नैहरु नै प्रकराकान्तरले भित्रभित्रै कुहिएका छन्।बाहिर स्टन्टबाज गर्नै खोज्दछ भने भित्रभित्रै सबै उस्तै हुन भन्ने भान आम मानिसको बुझाईलाई थप बलप्रदान गर्दछ।

= कुनै पनि कार्यालयको प्रमुखको नियुक्ति क्षमताका आधारमा नभई राजनीतिक पहुँचका भरमा हुन्छ।

= आफ्नो पक्षदर मान्छे भयो भने राम्रो सेबा दिने , अर्को पक्षलाई रेस्पोन्स नदिने कर्मचारीहरुको प्रबृत्तिकोपुरानो रोग हो।

= बिचारबिहिन , एजेन्डा बिहिन,क्षमता बिहिन , परम्परागत राजनिती , गलीत ,थकित , दिगभ्रमित,अर्धचेतन सधै सत्ता निर्माणको लागि अरुको मुख ताक्नेहरुबाट नयाँ युगको शुरुआत हुनै सक्दैन

=मुलुकमा जे जस्तो नेता छ।आफ्नो बिकल्पमा त्यस्तै ब्यक्ति खोज्दछ।

=असललाई जसले बिरोध गर्दछ।उ स्वभाबीक रुपमा खराब छ।

= मान्छेको व्यवहार, आचरण,परम्परा , नीति , विधि , पद्धति सनातनदेखि चलिआएको बिरासतले मात्रउसको संस्कार निर्धारण गरिएको हुन्छ।

= अरु मुलुकमा के हुन्छ , के अभ्यास भनेर सोच्नु भन्दा आफ्नो मुलुकमा के गर्नै सकिन्छ भनेरबास्तबिकताको धरातलमा रहेर तपाईं हामी पद शक्तिमा रहदा आर्दश समाज निर्माणको लागि हाम्रोप्रयास रहयो वा रहेन भन्ने प्रश्नन ठूलो कुरा हो।

=सरकारको एक जिम्मेवार मन्त्रीले प्रहरी महानिरीक्षकको जिब्रो थुत्छु भनेर बिबादास्पद अभिब्यक्ति दिदास्वंम ताप्के तातेर प्रहरी महानिरीक्षक वसन्त बाहादुर कुवँरले प्रधानमन्त्री गृहमन्त्री समक्ष डटेर तर्क बिर्तकराखेर मन्त्रीलाई माफी मगाउन सक्नु पर्दछ ।वसन्त बाहादुर भनेको एकल मान्छे होइन सम्रग नेपाल प्रहरीको(करीब ७९०००) नेतृत्व कर्ता हो।

१०= ततकालिन अबस्थाको प्रनि शिबजी श्रेष्ठ सरको शब्दलाई सापटि लिने हो भने मध्य क्षेत्र प्रहरीकार्यालयका (भकृटि मण्डप) डिआजी रामकाजी बान्तवा महेन्द्र पुलिस क्लबमा बस्दै गर्दा तत्कालीनगृहमन्त्री केपी ओलीको आगमन हुदा शिबजी श्रेष्ठले जाहेर गर्दा समेत गृह मन्त्री  ज्यु आफ्नो कामले आएकोहोलान ।बेकारमा हामीले हल्ला गर्नै जरुरी छैन भनेर बान्तवा सर आफ्नेै काममा ब्यस्त रहे।

११= २०५५ सालमा तत्कालीन प्रहरी महानिरीक्षक अच्युत कृष्न खरेलले राजनीतिका शिखर पुरष तत्कालीनप्रधानमन्त्री  गिरिजा बाबू सँग जुन हिसाबले तर्क बिर्तक राख्थे ।त्यहि हिसाबमा प्रधानमन्त्री गृहमन्त्री सँगतर्क बिर्तक राख्ने क्षमताको बिकाश प्रहरी महानिरीक्षकले गर्नुपरयो।र पहिलोपटक गृहमन्त्री बनेर आएकारबी लामिछानेले प्रहरी प्रधान कार्यालय निर्देशनको क्रममा केही बोल्दै जादा धन्यवाद दिने क्रममा तत्कालीनप्रहरी महानिरीक्षक धिरज प्रताप सिह कुटनैतिक तबरबाट नै गतिलो जबाफ दिएका थिए।

१२=आम नेपाल प्रहरीहरु मध्य केही प्रहरी अधिकृतहरु  ब्यक्तिगत फाईदाको लागि एक अर्कोको बिरुद्धप्रयोग ,अस्वस्थ प्रतिस्पर्धा गलत कामको लागि समेत राजनैतिक दलहरुको प्रयोगको कारणले प्रहरीकोकार्यक्षमतामा ह्रास आउन सक्ने देखिन्छ

१३= शुद्ध, नैतिकवान, सदाचारी सादगी जीवन बिताउने नेताहरु के कति छन् ।त्यो बुझ्नु जरुरी छ।

१४= जबसम्म ब्यक्तिगत प्रबृत्तिमा परिवर्तन सम्रग प्रणालीमा हलिङ्ग हुदैन ।त्यतिबेलासम्म यस्ताप्रकारका अराजक मन्त्रीहरुको जन्म भैइरहनेछ।

त्यसैले ब्यक्तिलाई राय सुझाब दिनु भन्दा प्रणालीगत रुपमा नै केस्रा केस्सा गरि केलाउनु जरुरी छ।

१५= जबसम्म राजनीतिक दलका कार्यकर्ता हरुको उच्च नेतृत्वको चाकरीमा भक्त बन्दनामा बाहुल्यतारहन्छ।यस्ता प्रकारको तूच्छ अभिब्यक्ति बाण रुपी बचनको बाढि आईरहन्छ नै।

१६= आम नेपालीहरुले अरुलाई नराम्रो आफू मात्र राम्रो भन्ने सोचलाई त्यागेर सम्रग रुपमा सामुहिक रुपमाजान सक्यो भने मात्र देशमा नयाँ युगको पारभ्ब होला ।होइन भने रेमिटान्सको भरमा थोत्रो खण्डलहरकोरुपमा देशलाई परिभाषित गर्नुपर्ला।हैन ?

लेखक – राजेन्द्र बाबु रेग्मी भर्खरै अवकास प्राप्त एसपी हुनहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय