
काठमाण्डौं। नेपाल प्रहरीका भर्खरै अवकाश प्राप्त डिएसपी गोविन्द पन्थीले आफ्नो फेसबुक मार्फत प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा आईजी बसन्त बहादुर कुवंरलाई केहि प्रश्न ,सल्लाह , सुझाव दिदै लामो स्टाटस लेखेका छन् —
पन्थी लेख्छन :~ प्रहरी कर्मचारीको राजनैतिक नेतृत्वसँग भेटघाटबारे प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा ! के प्रहरी कर्मचारीहरु सामाजिक प्राणी होइनन् र? उहाँहरुका आफन्त वा साथी भाइ राजनीतिमा कोहि हुँदैन र ? भने पछि र दबाब दिएपछि आफुले खोजेको ठाउँ पाइने भएपछि आफुले चिने जानेकोलाई कस्ले पो नभन्ला र ?

आफुले ऐन नियमले दिएको अधिकारको प्रयोग गर्न नसक्ने अनि २१औं शताब्दीमा लोकतान्त्रिक शासन प्रणाली भएको मुलुकमा ती कर्मचारी जो अनुशासित रहन्छन् र उनीहरुका कुनै हकहितका कुरा गर्ने ट्रेड युनियन छैनन् भन्दैमा भेटघाट नै गर्न नपाउने गरि त्रास सिर्जना गर्ने गरि परिपत्र त्यस्को समाधान हुनसक्छत आईजिपी साब? प्रहरी कर्मचारीले सरुवा–बढुवामा बढिनै दबाब दिए भने उनिहरुको तिनपुस्ते मै रेकर्ड राख्ने सुरुवात हिम्मतका साथ गर्नु भयो भने भोलिदेखि कोही पनि राजनैतिक नेतृत्वकोमा धाउँदै धाउँदैनन् नि! अनि अनुशासनको बर्खिलाप गरेकोमा कारबाही गर्न प्रहरी ऐन र नियमावलीका त्यत्रा प्राबधान कता गए ? ऐन नियमभन्दा त परिपत्र ठूलो त हुँदैन होला? आफुले नियम लागू गर्न नसक्ने अनि अनावश्यक परिपत्रकोत्रास फैलाएर आलोचना बाहेक केही पाउनु हुन्न ।उनि थप लेख्छन— “तपाईंको परिपत्र कोही नहुने निरीहको लागि मात्र हो ।नेतासँग सम्पर्क भएकाहरुले तपाईंलाई दबाब दिन भेट्नु नै पर्छ र? अहिलेको यस्तो सञ्चारको दुनियाँमा ? कि सिटिआर पनि चेक गर्ने व्यवस्था गर्ने ? फेरि अन्य सामाजिक सञ्जाल त छँदै छन् । तसर्थ समाधान भेटघाटमा रोक हैन, तपाईलाई प्रहरी नियमावलीले दिएको एसपी दर्जासम्मको सरुवाको अधिकार निर्धक्क प्रयोग गर्नुस् ।”
बढुवा पनि ऐन नियमको परिधिभित्र मात्र रहेर गरिदिनुस त । अनि कोहि तपाईंलाई दबाब दिन जान्छ र ? सङ्गठन प्रमुखमाथि नै विश्वास हुन्छ र कमान्डरप्रति नै बफादार हुन्छ । Right man in right place गरेर सरुवा निकाल्नुस् अनि मात्र जनताले सुशासनको पनि प्रत्याभुत गर्छन् र तपाईंको त्यस्तो कामले सरकारको जन विश्वासमा पनि वृद्धि गर्छ । पोस्टिङ भनेको भाग पुर्याउन दिने विषय होइन र हुनु पनि हुँदैन र बढुवा पनि योग्यता र क्षमताको आधारमा गरिने विषय हुन् । जो जे कुरामा अब्बल छ त्यस्लाई त्यस्तै नेतृत्व दिँदा मात्र तपाईंको नेतृत्व सफल हुने हो । मैले योग्यता र क्षमता अनुसारको सरुवा र वढुवा गरेको छु कतै कोही कसैसँग पूर्वाग्रही भएर निकालेको देखिए म समेत कारबाहीको भागिदार रहन्छु भन्ने ब्रिफिङ तपाईंले गर्नु भयोभने सबै राजनैतिक नेतृत्वले नमान्ने कुरै हुँदैन ।
उनि फेरी प्रश्न गर्छन- तपाईंको बेलामा पनि यस्तै परिपत्र तत्कालीन प्रहरी महानिरीक्षकले जारी गरेको भए तपाईं यो संगठनको नेतृत्वमा पुग्न सक्नुहुन्थ्यो त? छातिमा हात राखेर सोच्नुस् त ?
जब तपाईं नेतृत्वमा पुगिसक्नु भयो भने अब त्यहाँभन्दा माथी पुग्ने ठाउँ त छैन त । इतिहासमा नाम लेखि सकियो । तब तपाईंले प्रहरी संगठन चलाउने मैले हो, कुन अधिकृत कस्तो छ ? त्यस्को अभिलेख के कस्तो छ ? मलाई जानकारी छ भनेर राजनैतिक नेतृत्वलाई भनेर गडगडाहट तरिकाले संगठन चलाएर अहिले सम्मकै उत्कृष्ट प्रहरी महानिरीक्षकको नाम दर्ज गर्नुस न ।कोही कसैले त्याग पनि नगर्ने हिम्मत पनि नगर्ने । अनि परिपत्र गर्दै निरीह प्रहरीमा थप सन्त्रास फैलाएर होलार ?
“आखिर पहुँचवालालाई यस्ता परिपत्रले छुने हैन जुन हामिले पनि लामो अनुभव गरेकै हो । त्यही भएर त३० बर्षमा दुई इन्चार्जमा चित्त बुझाइयो । किनकी हामी जस्ता अधिकृतले न नेताको चाकडी गरे न हजुरहरुसँग ज्यू हजुर गर्न आए ? “
जहाँ बसे राम्रो गरे, जन अपेक्षा र कानुनअनुसार काम गरे, र तबेला–बेलामा पहुँचवालाको निशानामा पनि परे । तर, किञ्चित नडगमगाइकन अविचलित आफ्नो कर्तव्यपूरा गरे । तसर्थ, निस्वार्थ, व्यावसायिक र नियम कानुन समान लागू गर्नेहरुलाई अवसर दिँदा नै संगठनलेपनि आफ्नो उद्देश्य पूरा गर्ने छ भने सरकारले पनि जनविश्वास जित्न सक्नेछ । जबसम्म प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतको पहिचान र सहि परिचालन हुँदैन तबसम्म सुशाशन र सम्बृद्धि कागजमा मात्र सिमित हुनेछ ।जय नेपाल ।




