
तुलना गरेर दुख्ने मनलाई ,प्रेरणा दिएर अगाडि बढ्नुहोस् ! ~ आचार्य राजन शर्मा
प्रेरक भनाईहरुः-

१)आफैंलाई भरोसा गरेर ,आफैंलाई जित्ने संकल्प गर्नुहोस् ।
२)तपाई संग जे छ त्यो अरुसंग छैन ,अरुसंग जे छ त्यो तपाईसंग छैन त्यसकारण आफ्नै मणि चिन्ने प्रयत्न गर्नुहोस्।
३)यो धर्तीमा कोहि पनि पूर्ण हुंदैन ।
४)मन सकारात्मक बनाउंनलाई हरेक दिन आफुसंग भएका राम्रा कुराहरुको सूचि बनाउंदै जानुहोस्।
५)सधैं आफैंलाई जाँच्नुहोस ,ता कि अरुसंग तुलना गर्ने फुर्सदै नहोस् ।
६)आफुलाई सधैं भाग्यशाली छु भनि सकारात्मक शब्दले सम्बोधन गर्नुहोस् ।
७)मान्छे आफ्नै कारणले बढी दु:ख्ने गर्द्छ।
८)सुखी हुने बाटो भनेको आफू भित्र आफैलाई खोज्नु हो।
९)आफ्नो कमजोरी आफैंभित्र खोज्नुहोस् ।
१०)दैनिक दिनचर्यालाई मुस्कानले गणना गर्नुहोस् ।
मान्छेहरु आफ्नै कारणले बढि दु:ख्ने गर्द्छ्न्।जस्ले मनलाई चिन्छ,उस्ले जीवनलाई पनि चिन्छ।मान्छेले आफुले आफैंलाई चिन्न नसक्दा ,आफूसंग भएको देख्न नसक्दा मान्छेहरु बढी दुख्ने गर्दछ्न् ।
एउटा कथाको प्रसंग रहेको छ ।एक ठाउँमा काग रहेछ, उ सुखी थियो ,आनन्दित थियो ,उ बिहान उठ्थ्यो त्यो बिहानको लाली किरण सङ्गै उ रमाउंथ्यो ।सधैं उ आफुलाई भाग्यशाली ठान्थ्यो तर एक दिन आफू उड्दैगर्दा आकाश बाट हेर्दातल जलमा तैरिरहेको हाँसलाई देख्यो त्यो सेतो हाँसलाई देखे उ छ्क्क पर्यो र आफू र त्यो हाँसमा तुलना गर्न थाल्यो।नजिकै पुगेर हाँसलाई सोध्यो !हाँस तिमी त यो ब्रह्माण्डको सबैभन्दा सुन्दर चरा हुनुपर्छ ।तिमी कति भाग्यमानी तिम्लाईदेखे पछि पो मलाई आज दु:ख लाग्यो ।म तिमिजस्तो छैन हाँस भाइ भन्दा ,हाँसले जवाफ दिय !मैले पनि सुगालाईनदेखुन्जेल “म” आफुलाई हाग्यमानी ठान्थे।मेरो त एक वटा रङ छ सुगाको त दुई ,दुईवटा रङ छ कति सुन्दर छ उ पोभाग्यमानी संसारको सबैभन्दा राम्रो चरा हुनुपर्छ नपत्याए गएर हेरत ?
हाँसको यो प्रश्नले काग सुगा कहाँ पुगेर सुगालाई सोध्यो !सुगा तिमी कति भाग्यमानी छाै है ?
सुगाले भन्यो -“म त्यसै भन्दथे जबसम्म मैले मयुर न देखुन्जेल ।म संगत दुईवटा रङ छ तब मयुर संग त थुप्रै रङहरु छ्न्।कति राम्रो चरा छ,सम्भवत मयुर नै यो संसारको भाग्यमानी सुन्दर चरा हुनुपर्छ ।नपत्याए मयुरलाई नै गएर हेर त ?कागमयुर खोज्दै गयो।उस्ले एउटा चिडिया घर भित्र मयुरलाई देख्यो त्यो चिडिया घर भित्रको मयुरलाई देख्यो। त्यो चिडियाघर भित्रको मयुरलाई सयौंले तस्बिर उतारि रहेका थिए ।उस्ले सम्झ्यो आहा !सुन्दर चरा सबैले हेरिरहेको । बसि–बसिखाना पाईरहेको कस्तो आन्न्दको ,कस्तो भाग्यमानी चरा भनेर मनन् गर्यो।जब मान्छेहरु तितर –बितर भए काग नजिकैगएर सोध्यो ?मयुर तिमि कति भाग्यमानी रहेछाै ।मैले त पहिलो पटक देखे यस्तो भाग्यमानि चरा ।

संसारकोभाग्यमामानि चरा तिमी नै हाै ।त्यसपछि मयुरले धुरु–धुरु रुंदै भन्यो “हे काग मैले पनि तिमिलाई न देखुन्जेल म आफैंभाग्यमानि हुंला जस्तो लाग्थ्यो जब तिमी स्वतन्त्र रुपमा आकाशमा उडिरहेको देखें। आफ्नै स्वेच्छाले संसारमाडुलिरहेको देखे। त्यसपछि मैले आफैंले आफैंलाई दु:खि ठाने । तिमी जस्तो हुनपाए पो ,तिमि जस्तो उड्न पाए पो भनेरमयुरले जवाफ दियो।मयुरको जवाफ सुनेर काग छ्क्क पर्यो।हो, हामी पनि काैवा बनिरहेका छाै ।अरुसंग तुलनागरेर हामि आफैंलाई दु:खाई रहेका छाैं ।
यो धर्तीमा कोहि पनि मान्छे पूर्ण छैन ।कोहि पनि मान्छे एक जस्तो अर्कोछैन तसर्थ हामी जे हौं । आफैं हाे ।संसारका कुनै पनि रुख पात बोट बिरुवा बनस्पति जीव कोहि पनि एक अर्का संगठ्याक्कै मिल्दैन ।हाम्रो अनुहार नै मानिस भएर मानिस संग दुरुस्तै मिल्ने कोहि पनि छैन ।हाम्रो हात पनि त फरक छ भनेहामि अरुसंग तुलना गरेर किन दु:खि हुने ?तसर्थ सुखी हुने बाटो ,चिन्तालाई बिसाउने बाटो भनेको तपाई आफु भित्रआफैंलाई खोज्नुहोस्। आफू भित्र भएको राम्रो सुन्दर पक्षलाई गणना गर्न थाल्नुहोस्स्। आफू भित्र भएकाउपलब्धीहरुलाई जोख्न थाल्नुहोस जीवन सुन्दर हुने छ।
“आफ्नो कमजोरिले अरुसंग तुलना गरेर झन दुख्ने होईन त्यसलाई त अवसर बनाउने हो।हाम्रै समाजकि उदाहरणिय पात्रझमक घिमिरेलाई हेर्नुहोस्। उहाँको खुट्टा मुस्किलले चल्छ। हात चल्दैन मुख चल्दैन तर उनि नभएको कुरालाई देखेरदु:खी बनिन्। बरु भएको कुरालाई चिनेर समाजको एक उदियमान नक्षत्र मदन पुरस्कारको एक दाबेदार बन्न पुगिन् ।”
राजा जनकका गुरु अस्टावक्रले भने म आठ ठाउँमा बाङ्गिएको भए पनि कसै संग तुलना गर्दिन। किन कि म संग जे छत्यो अरुसंग नहुनसक्छ।अरुसंग जे छ त्यो म संग छैन यो प्रकृतिको नियम हो।त र म खुसी छु। यहि खुसी सबैले जान्नुछ भनेर भनेका थिए ।




