
प्रहरी बढुवा प्रक्रिया कानुनत निश्पक्ष हुने प्रहरी नियमावलीको प्राबधान रहेकोछ तर यो कहिल्यै पनि पारदर्शी र निश्पक्ष हुन सकेन।किनकी सरकारमा रहनेहरुले सधै हाम्रो लाई प्राथमिकता दिइ राखे र त्यो कुरा लाई प्रहरीको नेतृत्वले हाम्रो हैन राम्रो छानौ भनेर आफ्नो नियमावलीमा रहेको प्राबधान अनुसार कार्यान्वयन गर्न कतिपय अबस्थामा चाहेन र कतिपय अबस्थामा चाहेर पनि गर्न सकेन र प्राय हुन्छ हजुर भनेरै हिड्यो।यो तितो सत्य हो ।
अब अहिले हुँदै गरेको SSP बाट DIG बढुवा यदि कहि कतै बाट दबाब र प्रभाब ( प्रहरी संगठन नेतृत्व वाट समेत पुर्बाग्रह नराखी मुल्यांकन गर्ने) बाट मुक्त भएर गरेको देखिने गरि गर्ने हो भने कारबाहीमा नपरेका योग्यतम उम्मेदवारहरु लाई बढुवा समितिले दिइने अन्क समान दिएर जसको उच्च अन्क हुन्छ उनै क्रमश आउने गरि बढुवा निकाल्नु पर्छ जसरी तल्लो दर्जाको त्यसै गरि निकालिन्छ ।त्यसो गरियो भने १५ क्यान्डिडेट बाट ५ आफैले गरेको कर्म बाट प्राप्त नम्बरको आधारमा छ्नौट हुने छ्न।अन्यथा सरकारले हस्तक्षेप नगरे पनि बढुवा समितिले स्वेच्छिक नियमावलीको भावना बिपरित नम्बर दिएर निकालिने बढुवा पनि एक प्रकारको बिकृत नै मान्न सकिन्छ।

त्यसैले योग्य उम्मेदवारलाई समान अन्क दिएर बढुवा गर्ने परम्परा बसाल्ने सहि समय यहि हो किनकी यो सरकार लाई प्रहरी बढुवामा त्यति रुचि नहुनु पर्ने हो किनकी यो सरकारले त्यसो गर्न नैतिकताले पनि दिदैन किनकी यो पारदर्शिता र शुशाशन यसको म्यान्डेट हो।तसर्थ यसपटक त्यसै गरि निश्पक्ष र पारदर्शी ढंगबाट बढुवा सूचना पार्टिमा बढुवा समितिले समेत समान अन्क दिएर निकालोस भन्ने गृहमन्त्री र प्रधानमन्त्री बाट समेत बढुवा समितिलाई निर्देशन हुन आबश्यक छ ताकी यो कार्यले देखिने गरि भएको परिबर्तन महशुस प्रहरी अधिकारीले गर्न सकुन ताकी जो बढुवामा छुट्नुहुन्छ उहाँहरुले समेत चित्त बुझाउन सहज हुनेछ त्यति बेला हामी जस्ता आम जनता जसले त्यो बिषयमा जानकार पनि छौ र चासो पनि राख्छौ , हरुले मुक्त कन्ठले प्रशम्शा गर्ने छौ, त्यतिखेर समाजमा सकारात्मक सन्देश प्रवाह हुने छ भने प्रहरी संगठन जो सधै सरुवा बढुवाको बेला चपेटामा पर्छ र पारिन्छ ,मुक्त समेत हुनेछ।त्यसो गर्न सके छोटो अबधिको लागि प्रहरीको नेतृत्वमा पुग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लाई प्रहरी संगठन राजनीतिक हस्तक्षेप मुक्त गरेको र बर्तमान सरकार लाई कुनै हस्तक्षेप नगरेको सरकार मा इतिहासमा नाम दर्ज समेत हुनेछ।।प्रतीक्षा गरौ।।
लेखक पहिला नेपाल प्रहरीको कर्मचारी प्रशासनमा बसेर काम गरि सकेका पुर्ब डिएसपी हुन।



