शुरज थपलिया 
काठमाडौं, हाडिगाउँ।

संसारभरि कतै नमनाइने एक अनौठो र विशेष पर्वको रुपमा हाडिगाउँमा प्रत्येक वर्ष पायो जात्रा भव्य रूपमा मनाइन्छ। गाईजात्राको भोलिपल्ट हाडिगाउँको गल्लीहरूमा नेवार समुदायले आफ्नो सांस्कृतिक धरोहरलाई जोगाउँदै यो अनौठो जात्रालाई जीवित राख्ने गर्छन्।

यो जात्रामा सहभागी हुन विभिन्न गुठिका नेवार समुदायका सदस्यहरूले देवी-देवताको रूप धारण गर्छन्। यस वर्षको पायो जात्रामा पनि नेवार समुदायका मानिसहरूले भैरवको नेतृत्वमा देवी-देवताको पहिरनमा सजिएर हाडिगाउँका विभिन्न टोल वरिपरि पायो नृत्य प्रस्तुत गरे।

विशेष गरी पायो जात्रामा मुखौटा लगाएर विभिन्न देवी-देवताका रूपमा सजिएका व्यक्तिहरूले नेवारी बाजागाजासहितको झाँकी प्रस्तुत गर्छन्। हाडिगाउँका विभिन्न गल्लीहरूमा नाचगान गर्दै परिक्रमा गर्ने यो विशेष परम्परा स्थानीय र बाह्य दर्शकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

पायो जात्रा केवल एक सांस्कृतिक पर्व मात्र होइन, यसले नेवार समुदायको सामाजिक एकता र धार्मिक आस्थाको अभिव्यक्ति पनि गर्दछ। यो जात्रा हाडिगाउँमा मात्र नभएर काठमाडौंका अन्य नेवार बस्तीमा पनि मनाउने गरिएको पाइन्छ।

यस विशेष पर्वले नेवार संस्कृतिको अनन्तता र समृद्धिलाई अझ सुदृढ गर्दै नेपालका नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदा सम्झाउने महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय