म को हुँ ?

म आफैलाई थाहा छैन

थाहा छैन म के गरिरहेछु

जीवनको अपुरा सपनाहरु को माझमा हराइसकेको छु म म मभित्र भएको एक्लोपन सँगै हराइसकेको छु म त्यसैले त भन्दैछु नी म आफैलाई थाहा छैन म को हुँ ? र के गरिरहेछु ?

जीवन जिउने लक्ष्य लिएर पसेको थिए सहरमा आज यहीं हराइसकेको छ त्यो लक्ष्य पनि

त्यही जीवन खोज्दा खोज्दै आफै आफैमा हराइसकेको छु म त्यसैले त भन्दै छु नि म आफैलाई थाहा छैन म को हुँ ? र के गरिरहेछु ??

खुसी भई बिताउनु पर्छ भन्दै जीवनको यात्रा निस्किएको म आज न खुसी साथमा रहयो न त त्यो यात्राको कुनै गन्तव्य नै त्यसैले त भन्दै छु नि म आफैलाई थाहा छैन म को हुँ ? र म के गरिरहेछु ??

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय