
— सुनिल जैसी “रूद्र”
जिन्दगी क्या खास हुन्थ्यो होला

हामी साथ भएको भए ,
झनै खास हुन्थ्यो होला
हामी भेट्दै नभेटेको भए।
भीडमा म एक्लो हुन्थेन होला
एकान्तमा बसेर रुन्थेन होला
आँसुले भुइँ छुन्थेन होला
मनमा डर बस्थेन होला
अन्धकार मन पर्थेन होला
म भित्र भित्रै मर्थेन् होला ।
सबै पहिला जस्तै हुन्थ्यो होला
तिमी त तिमी नै छ,
म पनि म हुन्थें होला काश,
हामी नभेटको भए।



