
काठमाडौं— सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआईजी विष्णु प्रसाद भट्टलाई प्रदान गरिएको छ। संगठनको हालैको निर्णयअनुसार डिआईजी भट्टले केन्द्रीय प्रवक्ताको भूमिका सम्हाल्ने भएका हुन्।
सशस्त्र प्रहरी बल नेपालमा लामो समयदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका डिआईजी भट्ट अनुशासित, कार्यकुशल र संगठनप्रति प्रतिबद्ध अधिकारीका रूपमा परिचित छन्। प्रवक्ताको हैसियतमा उनले संगठनका गतिविधि, नीतिगत निर्णय तथा समसामयिक विषयहरूमा आधिकारिक जानकारी सार्वजनिक गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

संगठनले डिआईजी भट्टको नेतृत्वमा प्रवक्ताको भूमिकाले सशस्त्र प्रहरी बल र आम नागरिकबीचको सूचनात्मक समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरेको छ।



