पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१३ गण पर्सामा कार्यरत एसपी पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई मुख्यालयले काठमाडौँ तानेको छ।

विगत ५–६ वर्षदेखि पर्सामै कार्यरत यादव संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली तथा तस्करीमा संलग्न रहेको गुनासो हेडक्वार्टर पुगेपछि काज गर्दै काठमाडौँ तानिएको हो।

स्थानीय स्रोतहरूका अनुसार, घुमुवा यादव तस्करहरूसँग सेटिङ मिलाएर ठूलो रकम असुली गर्ने, तस्करी लाइन सञ्चालन गर्ने तथा व्यापारीलाई धम्क्याउने कार्यमा संलग्न थिए। पर्साका स्थायी बासिन्दा यादवलाई “सेटिङ मिलाउने व्यक्ति” भनेर चिनिन्थ्यो।

यसअघि पनि यादवविरुद्ध धेरै उजुरी परेपछि तत्कालीन मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजिले उनलाई धनुषा तर्फ सारेर पर्साबाट हटाएका थिए। तर डिआईजी सरुवा भएपछि यादव पुनः पर्सा फर्केर अवैध कारोबारमा सक्रिय हुन सफल भएको स्रोतको दाबी छ।

स्रोतका अनुसार, एसपी भट्टले दर्जनौँ घुमुवा परिचालन गरी पर्सामा भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा उदासीनता देखाएका थिए। सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली अन्त्य गर्ने नीति लिएको भनिए पनि पर्सास्थित १३ नम्बर गणमा नीति विपरीत घुमुवा परिचालन भएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय