काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गर्न रोक्न महानगर प्रहरी परिचालन गरेका छन्।

गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए। उनी काममा फर्कने भएपछि महानगर प्रहरीले गेटमै तैनाथ भएर उनलाई रोक्न खोजेको छ। साथै, गुरागाईंको गाडीमा समेत लक गरिएको छ।

महानगरपालिकाले प्रक्रिया पूरा नगरी काठमाडौं टावरको नक्सा पारित गरेको भन्दै गुरागाईंविरुद्ध छानबिन गरेको थियो र उनलाई जिम्मेवारीबाट हटाएको थियो। तर, सरकारले तीन महिनापछि गुरागाईंलाई नै पुनः प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको छ।

मेयर बालेनले गुरागाईंको ठाउँमा अर्काे प्रशासकीय अधिकृत पठाउन माग गरेका छन्। तर, महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएको भन्दै उनलाई हाजिर गराएर काममा खटाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय