विराटनगर — श्री नेपाली सेना वार कलेज, नगरकोटका सहायक रथी विष्णु कुमार खड्का नेतृत्वको समुहले कोशी प्रदेश प्रहरी कार्यालयको अध्ययन तथा अवलोकन भ्रमण गरेका छन्।

सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम अन्तर्गतको यो भ्रमण जेठ २८ गते सम्पन्न भएको हो। भ्रमणका क्रममा तालिमार्थी महासेनानीज्यूहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक (एसपी) दिपक पोखरेलले स्वागत गरेका थिए।

अवलोकन भ्रमणको क्रममा सहभागीहरूले प्रदेश प्रहरी कार्यालय अन्तर्गतको अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा शाखा तथा शिशु स्याहार कक्षको स्थलगत निरीक्षण गरेका थिए।

भ्रमणपछि एसपी पोखरेलले सहभागी समुहलाई कोशी प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराधको प्रकृति र प्रवृत्ति, सार्वजनिक शान्ति व्यवस्थापनमा देखिएका चुनौतीहरू, तथा नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरूबीचको समन्वय र त्यसप्रति रहेका अपेक्षाहरूका विषयमा विस्तृत जानकारीमूलक प्रस्तुति दिएका थिए।

यो प्रकारको अध्ययन भ्रमणले सुरक्षा निकायहरूबीच अन्तरसंवाद र समन्वयलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय