बसन्त राज कुंवर ,

काठमाण्डौ। पद बडे संगै क्षमता बड्नु पर्दछ तर प्रहरीमा मैले २३ बर्ष जागिर खॉदा के देंखें भने पद बडे संगै क्षमता बड्नुपर्दछ भन्ने कुराको महशुश भएन। सिंगापुरमा पारलामेन्ट मेम्बर भए पछी खास तालिममा जानु पर्दछ रे। जुन संगठननार्कोनन्मा काम गर्छु त्यहा माथि जान तालिम नगरी संभब नै छैन। 

क्षतमातालिम,अनुभब,पुस्तक,अध्ययन देखेर सुनेर बड्दछ तर कुनै खास पदका लागी कुनै खास क्षमता बडाउन शिलाखोजेझै गरी ज्ञान खोजेर हुदैन बल्की सुपर मार्केटमा झै खास स्थानमा पुगी आफुलाइ चाहिने ज्ञान प्राप्त हुनु पर्दछ।
यस्तो खास स्थान भनेकै तालिम केन्द्र वा प्रशिक्षण  स्थान हुन्   ज्ञानका सामाग्री भनेकै कोर्ष हो।

मेरो ब्याचमा अहिले पनि हेर्यो भने मेरो जत्तीको तालिम सेमिनार प्रमाणपत्र सायदै अरुको होला तर पदोन्नतिमा हामिसंधै आफु भन्दा कम तालिम प्रशीक्षण भएकाहरुसंग पिछडीदै गयौं किनकी प्रहरीमा २०५० साल पछी तालिमका कुनैमहत्व नै थिएन। महत्व थियो भने केबल राजनैतिक पहुच, प्रधान मंन्त्री,मंन्त्री,सचीब आइजिपीको कोटा पैसा दिनसक्ने गुटको सदस्य हुने क्षमता। यस कुरा लाइ रोक्न सक्ने ब्यारीएर पनि थिएन किनकी जो प्रहरी प्रमुखमा पुग्नखोज्नेहरु हुनुहुन्थ्यो वा जो पुग्नु भयोउहाहरु पनि यिनै क्षमता वा कारणबाट माथि जान सक्ने अबस्था थियो।


अहिलेको स्टाफ कलेज ब्यारीयरले अब ती गलत अभ्यास वा प्राक्टीसमा केहि बैरीएर हाल्ने छ। अब चलखेल गरे पनिती तालिम पुरा गरेकाहरु बिच मात्र चलखेल हुने छ।

माथिल्लो पदमा जान यो तालिम अनिबार्य भए पछी चाहे सो तालिमबाट पास हुने हुन् वा फेल हुने हुन् ,सबैले केहि केही मात्रामा पढ्नै पर्ने हुन्छ केहि केही जान्नै पर्ने हुन्छ।  केहि केही सिक्नै पर्ने हुन्छ। केहि केहि लेख्नै पर्ने  हुन्छ यस्ता कामले अफीसरहरुको पक्कै पनि पहिलेको भन्दा ज्ञान सिप क्षमता बृद्धी हुन्छ। यस ब्यबस्था पश्चातपदोन्नतिमा तालिम अनिबार्य गरी दियपछी एका तर्फ त्यसैको ग्रेडको आधारमा पदोन्नतीको सुची बनाउन सजिलो हुन्छभने अर्को तर्फ तालिम गर्न नसकेका वा पछी परेकाहरुले पनि अहिलेको जस्तो  गरी ढोका ढोकामा जान बन्द गर्ने छन्। 

यो कदमको स्वागत गर्दछु। यही क्राइटेरीया नहुदा हाम्रा पालामा  कल्पनै नगरीएकाहरु पनि नेत्रीत्वमा पुगे आशागरीएका ब्यक्तीहरु कलिलै उमेरमा घर बसे।

तर यो कार्यक्रम लागु गर्दा कहिले कॉही  पढैया तर अनैतिक,सार्प तर अनुसासन हिन,लेख्न जान्ने तर काम गर्ननजान्नेहरु पनि कोर्ष गरेरै माथि पुग्न सक्छन् अनुभब हिन डरपोक वा अनैतिकहरु पनि माथि जान सक्छन्। कोर्षपास गर्न नसक्ने तर संगठनलाइ आबस्यक पर्ने जुनियर तहबाट आएका वा जॉच पास गर्न नसक्नेहरुका लागी पनिखास समय पश्चात बिषेश प्रकारको तालिम डिजाइन गरी खास स्थानसम्म जान सक्ने बाटो खोल्नु पर्दछ।

यो ढिलो आयो तर सहि कुरा आयो। यस्को पाठ्यक्रम बनाउदा भने अन्तराष्ट्र भन्दा आफ्नो राष्ट्रलाइ संझेर ब्यबहारीक  अभ्यासमुलक बनाउनु पर्दछ। 

हामिले तालिमको नाम जति सुकै ठुला दिए पनि भोली अबकास पछी डिग्री प्राए महत्व हिननै देखीएका छन्। सेनाप्रहरीमा कस्ता कस्ता तालिम गरे पनि अबकास पछी ती तालिमहरु अर्थ हिन नै देखीय तर पनि जागीरमा हुंदा  बृत्तीबिकाषमा यसले केहि केही राजनैतिक हस्तक्षेप,गुट पैसाको चलखेल बन्द गराउन सबैले आफ्नो हैसियत अनुरुप कहा सम्म पुग्ने क्षमताको छु भन्ने बुझ्न बुझाउन यस्ले पक्कै मद्दत गर्ने  

यी ब्यबस्था पहिल्यै भएका भए अहिले भित्तामा देखिएका महानिरीक्षकज्युहरुको फोटोमा निक्कै नया अनुहारहरु हुन्थेहोला। प्रहरीमा जुन समस्या आएको त्यो असक्षम अफीसरहरु सर्बोच्च पदमा पुगेर पनि आएको हो।

आशा गरौ यो ब्यबस्थालो केही केही सुधार ल्याउने ठुलो पदमा पुग्न केबल गुट पैसा राजनैतिक सेटीङ चाकडीले मात्र काम गर्ने छैन बल्की केहि क्षमता ज्ञान बुद्धी बिबेक नैतिकताको  बृद्धी पनि आबस्यक  पर्ने छ। सुडानघोटाला जस्तै केबल बिशेष घोटाला गर्ने गराउने नियतले मात्र  कुनै सरकारले कसैलाइ प्रहरीको सर्बोच्च पदमा लैजान सक्दैन।  

(लेखक बसन्त राज कुवॅर पुर्व एसएसपी अध्यछ पुर्व नेपाल प्रहरी संगठनका अध्यक्ष हुनुहुन्छ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय