काठमाडौं गत वर्ष चैतमा बढुवा भएका नेपाल प्रहरीका केही एआइजीले तीन वटा महत्वपूर्ण कमाण्ड पाइसकेका छन्

तर, एक एआइजी भने १६ महिनादेखि एउटै विभागमा छन् एआइजी टेकबहादुर तामाङले बढुवा भएदेखि अहिलेसम्मएउटै महत्वपूर्ण कमाण्ड पाएका छैनन्।

२०८० को चैतदेखि उनी अपराध अनुसन्धान विभागमा कार्यरत छन् गत मंगलबार सरकारले तीन एआइजीको सरुवागरेको थियो

जसमा तामाङलाई कुनै महत्वपूर्ण जिम्मेवारी पाउने आकलन प्रहरी अधिकारीको थियो तर, उनको सरुवा भएन अपराध अनुसन्धान विभाग महत्वपूर्ण कमाण्ड मानिदैन

राजनीतिक नेताको ढोका नधाएकाले नै उनले अवसर नपाएको चर्चा प्रहरी प्रधान कार्यालयमा

जबकी जाँचबुझ आयोगले समेत कमाण्डमा असक्षम भनेर कारबाही सिफारिस भएकी एआइजी किरण बज्राचार्यलाईसिआइबीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिइएको

प्रहरीको उच्च तहमै यो तहको राजनीतिकरण भने तल्लो तहको अवस्था के होला ?

प्रहरीलाई सरकारले खेलौना बनाएको मन लाग्दाबढुवा गर्ने नलागे नगर्ने,’ रिक्त हुँदाहुँदै बढुवा प्रक्रियानै रोकिएकोमा असन्तुष्टि जनाउँदै एक एसएसपीआरोप लगाउँछन्, ‘सर्वसाधारणको शान्ति सुरक्षा सँग जोडिएको सुरक्षा निकायमा यति धेरै राजनीतिक खिचातानी अनुचित जसलाई बढुवा गरे पनिभ्याकुम बनाउनुभएन

उनले समयमै गर्नुपर्ने सरुवा बढुवा नभएपछि त्यसले प्रहरीको मनोबल खस्केको समेत बताए प्रहरीकोबढुवामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले बढुवा समिति तथा प्रहरी मुख्यालयको भूमिका खुम्चिएको

नेपाल प्रहरीको एआईजी, डीआईजी, एसएसपी, एसपीमात्र नभएर जुनियर अधिकृत लगाएत तल्लो दर्जाका राष्ट्रसेवक समेत बढुवामा पहुँचवालाहरुको बोलवालाहुँदा इमान्दार प्रहरी अधिकृत चरम अन्यायमा परेकाछन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय