मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरेको

बिहिवार एक कार्यक्रम आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय  मोरङका कार्यालय प्रमुख एसपी नवराज कार्कीले  सम्मान गरेका हुन् । सम्मान हुनेमा इ.प्र.का. रानीका कार्यालय प्रमुख प्र.नि  प्रकाश थापा ,इ.प्र.का. दोहमनाका प्रनानि राजेन्द्र प्रसाद पासवान , प्रसनि कपिल खड्का, र प्रसह उत्तम कार्कीलाई नगद सहित सम्मान गरेका हुन्

जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिदै लेखेको छ – उपरोक्त सम्बन्धमा मोरङ जिल्ला कारागारमा रहेका कैदी जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. बस्ने बर्ष २४ को आर्यन मोहमद अहमद खान भन्ने मोहमद अहमद पेट दुख्ने बिरामी भई कोशी अस्पताल बिराटनगरमा उपचाररत रहेको अवस्थामा मिति २०८१।०४।१७ गते अं.०५:२०बजेको समयमा शौचालय जाने क्रममा भागी फरार भएको घटनामा निम्न प्रहरी कर्मचारीहरुले निज भागी फरार भएका कैदी लुकीछिपी बस्न सक्ने संभावित स्थानहरुमा अहोरात्र खटिई सुक्ष्म रुपमा सूचना संकलन एवं खोजतलास गर्नेक्रममा मिति २०८१।०४।२४ गते बिहान ०५:३० बजेको समयम निज फरार कैदीलाई जिल्ला मोरङ जहदा गाँउपालिकावडा नं. तारेगामा स्थित नेपाल भारत सिमा नजिकमा शंकितरुपमा हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा दाखिला गराउन सफल भएको हुँदा निम्न उल्लेखित प्रहरी कर्मचारीहरुले आफुलाई तोकिएको जिम्मेवारी त्रुटिरहित तवरबाट वहन गरी उच्च कौशलतापूर्वक व्यवसायिक कर्तव्यनिष्ठ ढंगले सम्पादन गरी प्रशंसनीयकार्य गरेको हुँदा निजहरुले गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै प्रहरी नियमावली २०७१ (संशोधन सहित) कोपरिच्छेद १५ को नियम १९७ को देहाय () बमोजिम नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हुँदा निजको अभिलेखमा जनाई दिन हुन सादर अनुरोध गरिएको छ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आफ्नो कार्यालयमा रहेको अभिलेख कितावमा सोही व्यहोरा जनाई दिनहुन समेत यसै पत्रको बोधार्थद्वारा तालुक कार्यालय तथा सम्बन्धित कार्यालयहरुलाई सादर अनुरोध गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय