काठमाडौ काठमाडौ महानगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष रामकुमार के.सी, प्रहरी बृत नयाँ बानेश्वरकाप्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीको बिशिष्ट आतिथ्यतामाअन्तर्राष्ट्रीय मानव बेचबिखनविरूद्ध दिवसको अवसरमा बृहत सचेतनामुलक र्‍याली कार्यक्रमसम्पन्न भएको

अन्तर्राष्ट्री मानव बेचबिखन विरूद्ध दिवसको अवसरमा बृहत सचेतनामुलक र्‍याली तथा यसबाट कसरीबालबालिकालाई जोगाउन सकिन्छ भन्ने बिषयमा सडक नाटक देखाउनुका साथै अन्तर्क्रिया तथा छलफल कार्यक्रमभएको हो

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी बृत्त नयाँबानेश्वर, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरीसेवा केन्द्र बानेश्वर १० , कामनपा वडा नं. १०, शुभअवसर ग्राम नेपाल रत्नराज्य माध्यामिक विद्यालयको संयुक्तआयोजनामा शुभअवसर ग्राम नेपालका निर्देशक अन्थोनिया सुसैको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो

कार्यक्रममा बिशेष अतिथिहरू काठमाडौ महानगरपालिका १० नम्बर वडाका सदस्य शुनिता भित्रकोटी, रोहिणि श्रेष्ठ, नरोज अर्याल, शतिष तन्डुकार, काठमाडौ महानगरपालिका वडा नं. ३१ का सदस्य तथा पन्चकुमारी विकास समितिकोअध्यक्ष अशोक के.सी , सामुदायिक सेवा समितिका महासचिव श्री अशोक कार्कीज्यू, रत्नराज्य मा.वि. स्कुलकाप्रधानाध्यापक राम आशिष यादव ,बुद्धनगर आधारभुत स्कुलका ब्यबस्थापन समिका अध्यक्ष श्यामलाल तण्डुकार, शहरी स्वास्थ प्रबर्दन केन्द्रका प्रमूख छत्र बहादुर शाहीको उपस्थीति रहेको थियो

उक्त कार्यक्रममा व्यापारव्यवसाय संघका अध्यक्ष तथा पदाधिकारीहरू, हाम्रो बानेश्वर प्रगति युवा क्लवका अध्यक्ष,महासचिव पदाधिकारीहरू, बाणेश्वर महिला समुहका अध्यक्ष महिला सदस्यहरू, सामुदायिक सेवा समितिकापदाधिकारीहरू,स्थानिय नागरीकहरू, स्वयमसेविकाहरू, महिला संजाल समितिहरु,संघ संस्थाहरु,स्थानियहरूक्लवहरू, बिद्यार्थीहरू लगाएतको उपस्थीति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय