काठमाडौं ।

काठमाडौं । हालै बढुवा भएका १६ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुभएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले बढुवा भएका अधिकृतहरूलाई बधाई दिँदै कर्तव्यनिष्ठ, इमानदार र जनमुखी प्रहरी सेवा प्रवाहमा अझ समर्पित भएर कार्य गर्न निर्देशन दिनुभयो।

समारोहमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय