पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारको अवसरमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम प्रयोग गरी मोटरसाइकल खरिद गरेको छ।

देउसी–भैलो कार्यक्रमबाट संकलित २ लाख २१ हजार ५१४ रुपैयाँमा कार्यालयका तर्फबाट केही रकम थप गरी कुल २ लाख २४ हजार ९७० रुपैयाँमा मोटरसाइकल खरिद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

खरिद गरिएको मोटरसाइकल जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले सोमबार वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईलाई औपचारिक रूपमा हस्तान्तरण गरे।

वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यालय परिसरमै देउसी–भैलो कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी कार्की, पोखराका व्यवसायी तथा सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय