काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रधान कार्यालयको कानुन शाखाले आज जारी गरेको सूचनामा दुई जना प्रहरी हवल्दारसहित १५ जना प्रहरीलाई निर्दिष्ट अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिएको हो।

सूचनाअनुसार गैरहाजिर हुनेमध्ये २ जना हवल्दार, २ जना सहायक हवल्दार, १ जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्। उनीहरू कुनै जानकारीबिना लामो समयदेखि ड्युटीमा उपस्थित नभएकाले सार्वजनिक सूचना जारी गरिएको प्रधान कार्यालयले जनाएको छ।

सूचनामा भनिएको छ, “उक्त अवधिभित्र सम्पर्कमा नआएमा उनीहरूको हाजिरी माफी नहुने र कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय