काठमाडौं । प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका धनुषा र रौतहटसहित देशभर ६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङको निर्णयअनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी रुगम कुँवरलाई धनुषा र एसपी रविन कार्कीलाई रौतहट जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

यसअघि रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी र धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मी फिर्ता बोलाइएको छ। साथै गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाल बागमती प्रदेश प्रहरी कार्यालयमा र एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय