सुरक्षा सरोकार —देशभर प्रहरी चौकीहरूमा आक्रमण भइरहेको संवेदनशील परिस्थितिमा इलाका प्रहरी कार्यालय मधुमल्लाका ट्राफिक प्रहरी हवल्दार राजकुमार गौतमले अदम्य साहस देखाउँदै कार्यालयलाई सुरक्षित राख्न सफल भएका छन्।

उच्च कमाण्डबाट सुरक्षाकर्मीलाई सुरक्षित स्थानतर्फ फर्कन निर्देशन दिइएपछि धेरै प्रहरी आफ्ना गन्तव्यतर्फ लागे। तर गौतम भने स्थानीयहरूसँग निरन्तर समन्वय गर्दै अन्तिम क्षणसम्म आफ्नो जिम्मेवारीमा अडिग रहे।

उहाँको दृढता र साहसका कारण कार्यालयमा कुनै भौतिक क्षति वा तोडफोड हुन पाएन। स्थानीयहरूले समेत गौतमको बहादुरीको खुलेर प्रशंसा गरेका छन्। एक स्थानीयले भने, “नेपाल ट्राफिक प्रहरीका योद्धा गौतमले देखाउनुभएको आत्मसमर्पण र साहस संगठनकै लागि गौरवको विषय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय