
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले पूर्ण रूपमा क्षति पुगेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले अस्थायी रूपमा पुलिस क्लब, भृकुटीमण्डपमा स्थानान्तरण गरिएको छ।
उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरको कमाण्ड गर्ने तथा अपराध अनुसन्धान कार्यालय टेकुमा पनि समन्वय गर्ने यस कार्यालयलाई हाल पुलिस क्लबमार्फत सञ्चालन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

यो कार्यालयको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्ने प्रावधान छ। तर, जेनजी आन्दोलनको पहिलो दिन कार्यालय एआईजीविहीन रहँदा डिआईजी ओम राणाले कमाण्ड गरेका थिए। त्यसयता, हाल एआईजी दानबहादुर कार्कीले कमाण्ड गरिरहेका छन्।



