सुरक्षा सरोकार — नेपाल प्रहरीमा १९ भदौदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) का चार पद रिक्त हुने भएका छन्।

सरकारले एआईजी चन्द्रकुबेर खापुङलाई आगामी प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिसकेको छ। सोही दिनदेखि उनले सम्हालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व पनि खाली हुनेछ।

त्यसअघि नै आईजी दीपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ भदौको राति १२ बजेदेखि अवकाशमा जानेछन्। उनीसँगै ब्याचका एआईजी सुदिप गिरि र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल शनिबारदेखि अवकाशमा जाने भएकाले उनको शुक्रबार प्रधान कार्यालयमा विदाइ गरिसकिएको छ।

यसरी खापुङ, गिरि, तामाङ र शर्माको अवकाशसँगै चार एआईजी पद खाली हुने भएका छन्। ती पदका लागि नौ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिस्पर्धामा रहेका डीआईजीहरूमा सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन्।

आगामी १९ भदौपछि बस्ने मन्त्रिपरिषद्को बैठकले नौ डीआईजीमध्ये चार जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय