काठमाडौं — नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकलाई दिइँदै आएको रासन वापतको रकम दोब्बरले वृद्धि गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक तथा तालिममा संलग्न कर्मचारीलाई पोषणयुक्त आहारको व्यवस्था गर्न शतप्रतिशत थप राशन उपलब्ध गराइने भएको हो।

यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको प्रहरीले जनाएको छ। नयाँ व्यवस्थाअनुसार, खेलाडी र प्रशिक्षकहरूले अहिलेसम्म पाउँदै आएको रासन वापतको रकमको दोब्बर पाउनेछन्।

प्रहरीका खेलकुद तथा तालिम क्षेत्रमा लागेकाहरूमध्ये यो निर्णयले ठूलो उत्साह र खुशी जगाएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय