
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिँदैछ । उक्त कार्यकाल सकिनु एक महिनाअघि नै बिदामाबस्नु पर्ने परम्परा अनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो!Explore the edge of tomorrow’s breakthroughs futurix edge.

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सैनिक सेवा नियमावली–२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एकमहिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बरबुझारथ गर्ने प्रचलन रहेको छ । सोहीव्यवस्थाबमोजिम प्रधानसेनापति प्रभुराम शर्मा यही साउन २४ गतेबाट बिदामा बस्दैछन् । त्यसपछि बलाधिकृत रथीसिग्देलले कायममुकायम प्रधानसेनापतिका रूपमा कमान्ड बुझ्ने छन् ।
यसै संगै सिग्देल नेपालमा प्रजातन्त्र आएपछि प्रधानसेनापति हुने २० औं व्यक्ति हुनेछन ।



