काठमाडौं– भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्षतिको विषयमा प्रधान सेनापति अशोकराज सिग्देलले न्यायिक जाँचबुझ आयोगमा बयान दिएका छन्।

उनका अनुसार भदौ २३ गते राज्यले अधिक बल प्रयोग गरेको थियो भने भोलिपल्ट अर्थात् २४ गते बिहानैदेखि कर्फ्यू जारी नगर्दा थप क्षति हुन पुग्यो। अघिल्लो दिनको हताहतीका कारण आम जनमानसमा चर्को आक्रोश फैलिएको र बिहानैदेखि अवस्था काबुबाहिर जाँदा स्थिति भयावह बनेको उनले बताएका छन्।

प्रधान सेनापति सिग्देलले सेना आफैं स्वस्फूर्त रूपमा परिचालन हुने अवस्था नरहेको स्पष्ट पार्दै यदि भोलिपल्ट सेना प्रत्यक्ष प्रतिरोधमा उत्रिने निर्णय गरिएको भए मानवीय क्षति असोचनीय हुने भएकाले संयम अपनाउनुपरेको बताए।

उनका अनुसार बिहान करिब १० बजेतिर परिस्थिति अत्यन्तै बिग्रिसकेको अवस्थामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर संकटकाल घोषणा वा त्यस्तै कडा कदम चाल्नुपर्ने अवस्था आए पनि त्यसो नगरिएको थियो।

बयानमा उनले कतिपय स्थानमा सैनिकहरूले उच्चपदस्थ अधिकारी तथा सरकारी निकाय जोगाउन बारम्बार प्रयास गरेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा परेका कैयौं प्रहरीको ज्यान जोगाउँदै उद्धारसमेत गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय