बाजुरा — बाजुराको बडीमालिका क्याम्पसका सहप्राध्यापक नरेन्द्र थापा शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–६ सायल घर भएका ३८ वर्षीय थापा सोही वडामा पर्ने साँफे–मार्तडी सडक खण्डमा बुधवार साँझ मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर बोहराले थापाको आँखामा, टाउकोमा र मुखमा चोट लागेको जानकारी दिएका छन्। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी लगिएको छ।

थापाका आफन्तले घटना शंकास्पद भएको भन्दै विस्तृत अनुसन्धानको माग गरेका छन्। प्रहरी प्रशासनले घटनाको प्रकृति र कारण खुलाउने प्रयासमा अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय