
काठमाण्डौं—काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। बुधबार साँझ ८:२० बजे तारकेश्वर नगरपालिका–८, भेटघाट चोकमा पैदल हिँडिरहेका ७१ वर्षीय कुलबहादुर आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको हो।
प्रहरी वृत्त, बालाजुका अनुसार दुर्घटना तारकेश्वर–८, शिव मन्दिरस्थित सडकखण्डमा भएको थियो। बा ७४ प ४००५ नम्बरको मोटरसाइकल तारकेश्वर–३, पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएका थिए। ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई तुरुन्तै तारकेश्वर सिटी अस्पताल लगिएको थियो।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति ९:३० बजे ग्राण्डी अस्पताल, टोखा लगिएको थियो। तर, उपचारकै क्रममा राति ११:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि चालक नवीन घिमिरेलाई नियन्त्रणमा लिइएको छ भने मोटरसाइकल नेपालटार ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। हाल चालक बालाजु प्रहरी वृत्तको हिरासतमा छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



