मोरङ, असार १ — मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालका अनुसार, दुवै जनाले मदेली खोलाको पुलमुनि बिजुली प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै ज्यान गुमाएका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पूर्णबहादुर लिम्बूले बिजुलीको पोलबाट ‘हुक’ गरेपछि खोलामा करेन्ट प्रवाह गराएका थिए। अचानक करेन्ट लागेपछि दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवहरू धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय