बिर्तामोड, झापा — चारआलीस्थित अरिदमन गणमा कार्यरत एक सैनिक बिर्तामोडको होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

ओखलढुंगा घर भई हाल अरिदमन गणमा कार्यरत  प्यूठ रामकुमार पौडेलको शव बिहीबार साँझ अर्जुनधारा–११, नयाँ बसपार्कस्थित होटल भैरवीको कोठा नम्बर ३ मा झुण्डिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार पौडेलले होटलको दोस्रो तलामा रहेको कोठाको सिलिङ फ्यानमा डोरीको सहायताले झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।

होटल सञ्चालक तुलसीराम श्रेष्ठले झुण्डिएको अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय, बिर्तामोडलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय