धनकुटा — जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत नेपाल प्रहरीका असई (ASI) प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ।

कटवाल इटहरी उपमहानगरपालिका–२० स्थित निर्माणाधीन आफ्नै घरको छतबाट चिप्लिएर लडेका थिए। गम्भीर घाइते अवस्थामा अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

४५ वर्षीय कटवालको सोमबार इटहरीको बुढीगंगामा अन्त्येष्टि गरिएको छ। उनी परिवारका जिम्मेवार अभिभावकसमेत थिए। मृतक कटवालका दुई छोरी छन्।

शोकाकुल परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरक्षाकर्मी समुदायले कटवालको योगदानको स्मरण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय